Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ –  भदौ १०मा प्रदर्शन हुने चलचित्र ‘राधा’ले तीज गीत सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गीतमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले नृत्य गरेका छन् ।परम्परागत तीज गीतभन्दा भिन्न गीत कालीप्रसाद बास्कोटाले तयार गरेका हुन् । गीतमा सज्जा चौलागाइँ र स्वस्तिका ढकालले स्वर दिएका छन् । गीत रचना गरेकी हुन् सिर्जना खत्रीले ।

तीजको छेको पारेर रिलिज हुन लागेको फिल्ममा तीज गीत राख्नुको आसय हो, दर्शक बोलाउने । गीतले यो काम गर्न सक्छ कि सक्दैन भविष्यले बताउला तर गीतको अडियो र भिडियो प्रभावशाली देखिएको छ । सुवर्ण थापा निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो गीतलाई प्रियंका कार्कीको फिल्ममा कमब्याक भनी चर्चा गरिएको छ । विवाह गरेर एक सन्तानकी आमा बनेकी प्रियंकाका बीचमा केही फिल्म र म्युजिक भिडियो रिलिज भए पनि ती विवाअघि नै गरेका काम थिए । छोरी हुर्काएर उनले खेलेको यो पहिलो गीत हो । गीतमा प्रियंका कार्की लयमा देखिएकी छिन् । कतिपय ठाउँमा सृष्टि श्रेष्ठलाई प्रियंका भेट्याउन गाह्रो परेको स्पष्ट देखिन्छ ।

यो फिल्मलाई सौगात मल्ल, देवकी बिष्ट र विक्रमदास जोशी मिलेर निर्माण गरेकी हुन् । फिल्मले श्रीमान्को पर्खाइमा रहेकी एक महिलाको कथा पेश गर्छ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लोकेन्द्र लेखक आदिको अभिनय रहेको छ । निश्चल बस्नेत, दिव्य देव,दयाहाङ फिल्ममा अतिथि भूमिकामा देखिनेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया