बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – स्पेसएक्सको पछिल्लो स्टारसिप बुस्टर परीक्षण गर्दा विस्फोट भएको छ । स्पेसएक्सले लामो समयदेखि स्टारसिपको अर्बिटल फ्लाईटको जाँच गरिरहेको छ । त्यो लक्ष्य पुरा गर्न फेरि केही समय लाग्ने देखिएको छ । किनभने हालैमा स्टारसिपको बुस्टर परिक्षण गर्दा टेक्स्समा स्टारसिपको ठूलो विस्फोट भएको छ ।

कम्पनीले स्टारशिपको राप्टर इन्जिन जाँच गर्दा स्टारशिपमा आगलागी भएको थियो । मस्कले यस बारेमा बोल्दै आफ्नो टिमले क्षति मूल्यांकन गरिरहेको बताएका छन् । पहिले पनि कम्पनीको धेरै प्रोटोटाइपहरु विस्फोट भइसकेका छन् ।

कम्पनीले मे २०२१ मा पहिलो सफतापूर्वक ल्यान्डिङ गराउन सफल भएको थियो । मस्कले स्टारसीप जुलाईमा उड्न तयार हुन्छ भनेका थिए तर यस घटनाले त्यो योजना फेरी स्थगित गर्नुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया