शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौँ – कोभिड-१९ को सङ्क्रमण वृद्धि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। आज निको हुने भन्दा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज देशभर ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। देशभर तीन हजार १० जनाको कोरोना परीक्षण गरिएको थियो।

आज एक हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा र एक १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, १९ जना कोरोनाबाट निको भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३४८ रहेको छ। केही दिनयता सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया