शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानमा बेरोजगारी दर पछिल्लो ४ महिला यताकै बढी देखिएको छ । आन्तरिक मामिला मन्त्रालयकाअनुसार मे महिनामा फेब्रुअरीपछि बढी बेरोजगारी दर देखिएको हो ।

पछिल्लो दुई महिनाको तुलना गर्दा बेरोजगारी दर अप्रिलमा २.५ प्रतिशत रहेकोमा मे महिनामा बढेर २.६ प्रतिशत पुगेको छ । मानिसहरूले कोरोनाभाइरस महामारीबाट क्रमिक आर्थिक सुधारको बिचमा नयाँ जागिर खोजिरहेका थिए । बेरोजगारी दर बढेपनि यो अवधिमा रोजगार उपलब्धता पनि बढेको मन्त्रालयले जनाएको छ ।

अघिल्लो महिनाको तुलनामा समीक्षा अवधिमा बेरोजगारको सङ्ख्या मौसमी समायोजनपछि ४० हजारले बढेर १८ लाखमा पुगेको छ । सोही महिनामा जापानको रोजगारी उपलब्धता दर भने १.२४ रहेको छ । यो अघिल्लो महिनाको भन्दा ०.०१ प्रतिशत धेरै हो । यसको अर्थ मेमा जापानमा जागिर खोज्ने हरेक १ सय जनाका लागि १२४ रोजगारी खुलेको थियो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार क्षेत्र, आवास र खाद्य सेवाहरू, साथै निर्माण, सक्रिय रूपमा नयाँ भर्तीको लागि खोजी गरिएको छ । तर मेइजी यासुदा रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री युइची कोडामाकाअनुसार रोजगारी खुलेपनि तलब भने बढेको छैन । ‘भर्तीको गतिले अझै उचित ज्याला वृद्धि गर्न सकेको छैन,’ उनले भने, ‘रुसले युक्रेनमा गरेको आक्रमणका कारण खाद्यान्न र स्रोतको मूल्य बढेको छ ।’

तपाईको प्रतिक्रिया