शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानको नारितामा फुटसल प्रतियोगिता हुने भएको छ । डाइमण्ड नारिता एफसीको आयोजना अगस्ट ७ तारिखका दिन प्रतियोगिता हुने भएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका प्रतियोगिता गर्न लागिएको डाइमण्ड नारिताका अध्यक्ष नवीन दीप गुरुङले जानकारी दिए । उनकाअनुसार जापानमा रहेका संघसंस्था तथा क्लबहरूलाई सहभागिताका लागि पत्राचार गरिसकिएको छ । प्राविधिक कारणबस् छुटेकाहरूलाई सञ्चारमाध्यममा आएका समाचारका आधार मानेर प्रतियोगितामा उपस्थितिका लागि उनले आग्रह गरे ।

जापानमा रहेका नेपालीहरुबीच भाइचारा, मेलमिलाप र आपसी सद्भावलाई अझ प्रगाढ बनाउनका लागि पहिलो पटक नारितामा जापानव्यापी प्रतियोगिता गराउन लागिएको संस्थामा उपाध्यक्ष एजिन राईलेले बताए । उनकाअनुसार नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले प्रतियोगिताको बीचमा स्थानीय कलाकारहरूको नृत्य पनि समावेश गरिनेछ ।

प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको र सबै टिमले यही जुलाईको २५ तारिखसम्ममा आफ्नो टिम दर्ता गर्न संस्थाका महासचिव हिरा थापामगरले अनुरोध गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रोलाई २ लाख २२ हजार २२२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी तेस्रो टिमलाई ५३ हजार ३३३ प्रदान गरिनेछ । अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता १० १० हजार दिइने आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया