Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेसीय शृङ्खलामा नेपाल र अमेरिकाको खेल रोमाञ्चक रूपमा बराबरीमा टुङ्गिएको छ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले तीन ब्याटरको मद्दतमा दुई सय ७४ रनको योगफल तयार पारेको थियो ।

नेपालले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रननै बनायो ।
अमेरिकालाई जितका लागि अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो ।

बलिङका लागि नेपालबाट आदिल अन्सरि आएका थिए । अन्तिम ओभरको चार बलमै अमेरिकाले चार बलमै ५ रन बनाउँदै खेल बराबर गरेको थियो ।
तर, आदिलले त्यसपछिको दुई बलमा दुई विकेट लिएपछि नेपालले रोमाञ्चक रुपमा खेल बराबर गर्न सफल भएको थियो ।

अमेरिकाका ओपनर स्टिभन टेलरले सतकीय इनिङ खेले । उनले एक सय २३ बलमा ११ चौका र तीन छक्कासहित एक सय १४ रन बनाए । यसबाहेक, कप्तान मोनांक पटेलले ८५, आरोन जोनसले २६ र राहुल जारिवालाले १० रन जोडे ।

नेपालका आदिलले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङमा आएको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल तयार पारेको थियो ।

नेपालका तीन ब्याटर अर्धसतक बनाएका थिए । ओपनर आसिफ शेख ६१ रनमा पभेलियन फर्किदा, देव खनालले ५४ र रोहित पौडेलले ६२ रन जोडेको थिए । यसबाहेक, टिमको खातामा आदिलले ३६ र कुशल भुर्तेलले १९ रन थपेका थिए ।

अमेरिकाका रुस्टी थेरोनले सर्वाधिक चार विकेट लिए । यस्तै, अलि खान, र सौरभ नेत्रवाल्करले समान दुई विकेट लिँदा रिसार्ग पटेल र यासिर मोहम्मदले एक–एक विकेट लिए ।बराबरीसँग नेपालले लिग २ का १४ खेलमा १३ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, चौथो स्थानको अमेरिकाले भने २२ खेलमा २१ अंक जोडेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया