Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – नेपाल तेक्वान्दो संघको आयोजनामा हुने अंतर्राष्ट्रीय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने भएको छ । तीन वर्षअघि पोखरामा आयोजना गर्ने भनिएको तेक्वान्दो कोरोना महामारीका कारण स्थगित भएको थियो ।

जि २ स्तरको उक्त प्रतियोगितामा ५० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । यसअघि, २ संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । पोखरामा प्रतियोगिताको आयोजनाले यहाँको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास संघको रहेको छ । आइतबार प्रतियोगिताबारे जानकारी दिँदै संघका सदस्य सचिव जगन बहादुर गुरुङले दक्षिण अमेरिकादेखि जापानसम्मका खेलाडीको सहभागिता रहने बताए । उनले प्रतियोगितामा नेपालबाट मात्रै करिब ५ सय खेलाडीको सहभागिता रहने र विदेशबाट यति नै भन्ने यकिन नभएको सुनाए । ‘हामीले खुल्ला प्रतियोगिता गरेका हौं यो जि२ स्तरको प्रतियोगिता हो ।

यो प्रतियोगिता साग गेम भन्दा पनि स्तरीय हो’ उनले भने ‘खुल्ला प्रतियोगिता भएकै कारणले विदेश खेलाडी यति नै आउँछन् भन्ने यकिन छैन तर, एक हजारभन्दा माथि खेलाडीको सहभागिता रहन्छ ।’ खेलाडीहरू आफ्नो रेन्किङका लागि समेत आउने भएकाले सहभागितामा वृद्धि हुन सक्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिता सम्पन्न पार्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपाली पोख्रेलको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ ।अन्तर्राष्ट्रिय तेक्वान्दो संघले असोज ३१ देखि कात्तिक ३ गतेसम्मका लागि मिति दिए पनि पोखरामा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत असोज अन्तिममै हुने भएकाले मिति अघि सारिएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया