Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडाैं – नेपाली नर्सहरू विश्वका धेरै देशमा पुगिसकेका छन् । कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विशेषतः नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने हुन्छ । हुन पनि नेपालमा नर्सले १०-१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू बिदेसिन बाध्य हुनुपरेको हो ।

आठ वर्षअघि अस्ट्रेलिया गएकी रेष्मा शर्मा अहिले राम्रो कमाइ भइरहेको बताउँछिन् । ‘यहाँ आउँदा सुरुमा त धेरै दुःख भयो । नेपालको लाइसेन्स मात्र भएर पुग्ने रहेनछ । यहीँको नर्सिङ विषय पढेर लाइसेन्स लिनुपर्दो रहेछ । अनि मात्र बिरामी हेर्न पाइँदो रहेछ,’ उनले भनिन्, ‘कमाइ त तीन/चार लाख रुपियाँ हुन्छ तर जोगाउनै मुस्किल छ । अहिले बल्लतल्ल डेढ-दुई लाख रुपियाँ बचत हुन थालेको छ ।’

दुई वर्षअघि साउदी अरबमा अन्तर्राष्ट्रियस्तरकाे अस्पतालमा काम गर्न पुगेकी ललितपुर, हरिसिद्धिकी सोफिया महर्जन अहिले नेपाल फर्किएकी छन् । ‘साउदी अरब नर्सका लागि तलब सुविधादेखि सुरक्षाका दृष्टिकोणले धेरै राम्रो छ । त्यसैले नर्सका लागि यो देश उत्कृष्ट गन्तव्य हो,’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘मैले पनि मासिक डेढ लाख रुपियाँ सजिलै कमाउँथेँ । ओभरटाइम गर्ने हो भने योभन्दा धेरै कमाउन सकिन्छ ।’

नेपालका नर्स खाडी राष्ट्रमध्ये साउदी अरबमा सबभन्दा धेरै छन् । जहाँ अहिले ३२० जना नर्स विभिन्न अस्पताल तथा मेडिकल सेन्टरमा काम गरिरहेका छन् । यसपछि युएई, कुवेत, ओमान, बहराइन र कतारमा छन् । कतारमा नेपाली नर्स केही मात्र छन् भने अन्य देशमा नगण्य छन् । साउदी अरबमा भने एउटै अस्पतालमा ४० जना नेपाली नर्स काम गरिरहेका छन् ।

नर्सका लागि पश्चिमा मुलुकभन्दा खाडी मुलुक रोजगारीका लागि सजिलो भएको छ । युरोप-अमेरिका जान नै १५र२० लाख रुपियाँ खर्च गर्नुपर्छ । फेरि त्यहाँका देशमा नेपालको पढाइले मात्र पुग्दैन, थप अध्ययन पनि गर्नुपर्छ । तर पनि युरोप, अमेरिका, युरोपेली देश, भारत, जोर्डन, फिलिपिन्स, मोरक्को, पाकिस्तान, सिरिया, इन्डोनेसियालगायत देशका नर्स कार्यरत छन् ।

नेपालमा आफूलाई अन्तर्राष्ट्रियस्तरका अस्पताल भन्नेले पनि बढीमा २० हजार रुपियाँभन्दा बढी तलब दिँदैनन् । यस्तै कारणले पछिल्ला समय सरकारी अस्पतालमा कार्यरत नर्सहरू पनि धमाधम जागिर छाडेर बिदेसिन बाध्य छन् । त्यसैले नेपालमा उत्पादित नर्सिङ जनशक्तिलाई नेपालमै राख्ने हो भने सरकारले नर्सको सेवासुविधा वृद्धि गर्नैपर्ने नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठ बताउँछिन् ।

त्यसो त सरकारी अस्पताल र सरकारी स्वास्थ्य संस्थामा दरबन्दी थप्नका लागि सङ्गठन तथा व्यवस्थापन सर्वे भइरहेको स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी गोमा निरौला श्रेष्ठको भनाई छ । ‘यो काम स्वास्थ्य मन्त्रालयले गरिरहेको छ । विदेश जानेलाई त केही गरे पनि रोक्न त सकिँदैन । जहाँ सेवा, सुविधा र अवसर हुन्छ, त्यहाँ रोजगारीका लागि जानु सामान्य हो,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया