शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टाेकियाे – जापानको नागोयामा खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिता हुने भएको हाे ।

प्रतियोगिता जुन १ तारिख नागोयाको Takayokosukamachi Masugata Tokai, Aichi Japan 477-0037 Aki :0wariyosuka को Tokai city shimnin ,gymnasium Tel-0562 32 2311 मा सञ्चालन हुने खेल संयोजक मनोज केसीले जानकारी दिए । गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गलकोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उद्देश्यसहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता आयोजना गरेकाे हाे ।

बागलुङ जिल्लाको गलकोटमा अवस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुवै दृष्टिकोणबाट चर्चित रही विशेषतः हिन्दु धर्मावलम्बीहरूले त्यस ठाउँमा शिवको पूजा आराधना गर्ने भएकोले शिवमूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्त्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामुथापा काजीले बताए । प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको शिरमा आकर्षक शिवको मूर्ति निर्माण गरी स्थापना गरिनका लागि रनिङ कप प्रतियोगिता सदा झैँ सम्पूर्ण खेलप्रेमी एवं अग्रजहरूबाट सद्भाव तथा सहयोग पाउनेमा आफू विश्वस्त रहको अध्यक्ष काजीको भनाई छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख २ हजार २  सय २२ येन नगद प्रमाणपत्र मेडल र रनिंग कप प्रदान गरिने गरिनेछ । द्वितीय १ लाख ७२ हजार २ सय २२ येन नगद, प्रमाणपत्र, मेडल दिइनेझ भने सान्त्वना पुरस्कार स्वरूप दुई टीमलाई ५० हजार येन नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी पाँच छुट्टाछुट्टै विधाका उत्कृष्ट खेलाडीलाई नगद र ट्रफीद्वारा सम्मान गर्ने पनि बताइएको छ ।

जसमा अन्तरगत वेस्ट प्लेयरलाई १० हजार येन नगद र ट्रफी, वेस्ट स्पाईकर ५ हजार येन नगद र ट्रफी, वेस्ट ब्लकरलाई ५ हजार येन नगद र ट्रफी वेस्ट डिफेन्सरलाई ५ हजार येन नगद र ट्रफी वेस्ट सटरलाई येन नगद र ट्रफी रहने खेल संयोजक मनोज केसीले जानकारी दिए ।प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टिमलाई प्रवेश शुल्क ४० हजार येन तोकेको छ ।

यसका लागि समाजको आधिकारिक खातामा मे ३० तारिख दिनको तीन बजेसम्म रकम जम्मा गरिनु पर्नेछ । रकम जम्मा गरेकै आधारमा मे ३१ तारिख टाईसिट प्रकाशन गर्ने समाजका सचिव राम खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया