Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडाैं – विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो । वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको प्रोफेसर डिक भेथाकलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ । यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ ।

रगतमा पुगेको प्लास्टिकले के–कस्तो असर गर्छ भन्ने पत्ता लागिनसकेको भए पनि मानव कोषमा यसले गम्भीर क्षति पुर्याउन सक्नेबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । मान्छेले खाना, पानी र सास फेर्दा पनि सुक्ष्म प्लास्टिकका कणहरू निलिरहेका हुन्छन् । मान्छेको रगतमा पानीको बोतलमा प्रयोग हुने प्लास्टिक र खानेकुरा प्याकेजिङ गर्दा प्रयोग हुने प्लास्टिक धेरै भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सन् २०४० सम्म अहिलेभन्दा दुई गुणाले बढी प्लास्टिक उत्पादन हुने प्रक्षेपण चलिरहेको बेला मानिसको रगतमै प्लास्टिक पुग्ने कुरा अझ बढी जोखिमयुक्त भएको वैज्ञानिकहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया