शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ । मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’ यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए जुन एउटा बयानको स्क्रिनसट जस्तो देखिन्छ ।

रुसी भाषामा लेखिएको यो स्क्रिनसटमा लेखिएको छ, ‘एलन मस्कले युक्रेनको फासिस्ट शक्तिलाई सैन्य सञ्चार उपकरणहरू आपूर्ति गरिरहेका छन् । एलन मस्क, यसका लागि तपाईको जवाफदेहिता चाहियो, तपाईंले जतिसुकै चलाखीपूर्ण व्यवहार गरेर मानिसहरुलाई मुर्ख बनाउनुहोस् ।’

युक्रेनमा रहेको अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले उक्त उपकरण पठाएको दाबी पनि गरेको छ । मस्कले प्रमाणित ट्विटर अकाउन्ट लाई ट्याग गरेर यो स्क्रिनसट ट्वीट गरेका छन् । दुई पोष्टपछि टेस्लाका सीईओले युक्रेनलाई युद्धमा मद्दत गरेकोमा रूसबाट धम्कीको सामना गरिरहेका छन् कि भनेर अनुमान लगाइएको छ ।

फेब्रुअरीमा मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा युक्रेनको युद्धग्रस्त क्षेत्रमा सक्रिय थियो । युक्रेनी मन्त्रीहरुले सहयोगको अपील गरेपछि मस्कले यसलाई सक्रिय गरेका थिए ।

एक हप्ता अघि, मस्कले ट्विटर किन्नको लागि ४ अर्ब डलरको प्रस्ताव राखेका थिए, जुन सम्झौतामा ट्विटरको बोर्ड सहमत भएको थियो । यद्यपि यो सम्झौता अझै पूरा भएको छैन र ट्विटरले आफ्ना शेयरधनीहरूसँग यसका लागि सहमति मागेको छ । तर यो सम्झौता आगामी दिनमा सम्पन्न हुने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया