Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – अमेरिकी व्यवसायी टोड बोएहली नेतृत्वको समूहले प्रिमियर लिग क्लब चेल्सी किनेको छ । चेल्सीलाई शुक्रबार टोडको नेतृत्वमा रहेको लागानी समूहले क्लब किन्ने सम्झौता भएको जानकारी दिइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस समूहले चेल्सी क्लबलाई पूर्व मालिक अब्रामोभिचबाट ५ अर्ब डलरमा खरिद गर्नेछ । टोडसँग हाल अमेरिकामा बास्केटबल लिग एनबिएको लस एन्जलस पुरुष र महिला टोलीको स्वामित्व छ । यस बाहेक उनले बेसबल लिग एमएलबीमा पनि टोली किनेका छन् । अहिले उनी फुटबलमा लगानी गरिरहेका छन् ।

टोडको नेतृत्वमा क्लियरलेक क्यापिटल, मार्क वाल्टर र हान्सजोएर्ग विस मिलेर चेल्सीमा लगानी गरेका हुन् । चेल्सीले टोडको नेतृत्वमा रहेको लगानी समूहसँगको सम्झौता यसै महिनाको अन्त्यसम्ममा सम्पन्न हुन सक्ने बताएको छ । समूह क्लियरलेक क्यापिटलद्वारा समर्थित छ। चेल्सीको वर्तमान मालिक रूसी अलिगार्च रोमन अब्रामोभिच हुन्, युक्रेनमा रूसी आक्रमण पछि अब्रामोभिचमाथि बेलायत सरकारले प्रतिबन्ध लगाएको थियो र उनको सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो ।

क्लबको सेयर किन्न कुल २.५ बिलियन पाउण्ड लगानी गरिने र सम्पूर्ण रकम फ्रिज गरिएको बेलायतको बैंक खातामा जम्मा गरिने चेल्सीले जनाएको छ । यो रकम सामाजिक र परोकारी कार्यमा खर्च हुनेछ । रोमन अब्रामोविचले पनि यसको पुष्टि गरेका छन् । फ्रिज गरिएको बैंक खाताबाट कारोबार गर्न बेलायत सरकारको अनुमति आवश्यक हुनेछ ।

चेल्सी क्लबका नयाँ मालिकहरूले क्लब सुधार गर्न १.७५ बिलियन पाउण्डको अतिरिक्त लगानी गर्ने बताएका छन् । यसले क्लबको स्टेडियम, स्ट्यामफोर्ड ब्रिज, क्लबको एकेडेमी, महिला टोली र चेल्सी फाउन्डेसन च्यारिटीलाई थप सुधार गर्नेछ । क्लबको हालको इजाजतपत्रको म्याद मे ३१ मा सकिँदैछ ।

अब्रामोविचले क्लब बेच्ने घोषणा गरेपछि धेरै समूहले चेल्सी क्लब किन्न चासो देखाएका थिए । यसमा बेलायती अरबपति जिम र्याट्क्लिफ र बोस्टन सेल्टिक्सका सह-मालिक स्टीफन पाग्लिउका र पूर्व ब्रिटिश एयरवेज अध्यक्ष मार्टिन ब्राउटनको नेतृत्वमा रहेको समूह र रिकेट्स परिवारको स्वामित्वमा रहेको शिकागो कब्सको नेतृत्वमा रहेको समूह समेत थियो । तर अन्त्यमा अमेरिकी व्यवसायी टोड नेतृत्वको समुहले क्लब किन्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया