काठमाडौं – नेपालले जिम्बाबे ए लाई दोस्रो एकदिवसीय खेलमा ९ विकेटले पराजति गरेको छ । जिम्बाबे ए ले दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि सुनिल धमलाले ३८ रन बनाए भने आसिफ सेखले अविजित ३४ रन बनाए । त्यस्तै विनोद भण्डारीले ४ रन बनाए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबे ए ले ३१.५ ओभरमा अल्ट आउट हुदै ८७ रन मात्र बनाएको थियो ।
नेपाली बलरको घातक बलिङका सामु जिम्बावेका ब्याट्सम्यान निरिह बनेका थिए । जिम्बाबे ए का लागि जोनाथन क्याम्पवेलले २७, सिपाज जुआओले १० रे ब्राड इमान्सले नटआउट २० रन बाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् ।
नेपालका लागि करन केसी र सोमपाल कामीले समान तीन–तीन विकेट लिएका छन् । सन्दिप लामिछानेले दुई विकेट र सागर ढकाले एक विकेट लिए । करनले ८ ओभरमा तीन ओभर मेडेन राख्दै १७ रन खर्चेका छन् भने सोमपालले ७ ओभरमा १६ रन खर्चिए । यस्तै सागरले ८ ओभरमा २७ रन दिए भने सन्दिपले ९ ओभरमा एक ओभर मेडन राख्दै २६ रन दिए । नेपलले केही बेरमा जवाफी ब्याटिङ् गर्दैछ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
अब सिरिजको तेस्रो खेल सोमबार हुने छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।