Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेप्लीज फेसन होमद्वारा आयोजित १६ औँ संस्करणको मिस नेवाः सलिना महर्जन भएकी छिन् । आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि जितेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् भने उनले मुख्य उपाधिको साथमा नगद एक लाख र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छिन् । प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भए ।

एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मुख्य निर्णायक रहेको प्रतियोगितामा नेपाल टेलिकमका म्यानेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे प्रतियोगिताको निर्णायकमा थिए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया