Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो। यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार ८१० करोड र ‘आरआरआर’ ले एक हजार ११५ करोडसम्मको व्यापार गरेको थियो। यी फिल्महरूमा तीन फिल्म दक्षिण भारतीय हुन् भने दंगल मात्रै बलिउड फिल्म हो।

साउथ फिल्मले नयाँ नयाँ रेकर्ड बनाउँदा बलिउड फिल्मको व्यापार भने कमजोर देखिएको छ। ‘केजीएफ २’ को प्रदर्शनबिच बलिउड फिल्म ‘जर्सी’, ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ प्रदर्शनमा आएता पनि राम्रो व्यापार गर्न सकेका छैनन्।

अब बलिउड फिल्मलाई साउथ फिल्मको व्यापारको तथ्यांकसँग तुलना गर्न थालिएको छ। २०२२ मा अमिताभ बच्चनको ‘झुण्ड’, अक्षय कुमारको ‘बच्चन पाण्डे’, आलिया भट्टको ‘गंगुबाई काठियावाडी’, राजकुमार रावको ‘बधाई दो’ रिलिज भएका थिए। तर यी सबै फिल्मको कूल कलेक्शन साउथ फिल्म ‘केजीएफ–२’ को मात्र १५ दिनको कलेक्शनभन्दा कम छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया