Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का लागि ५६ जनाको उम्मेदवारी परेको छ। यीमध्ये २१ जनाले दलका तर्फबाट उम्मेदवारी दिएका हुन्। ३५ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्।

मेयर पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन्।

यस्तै उपप्रमुख(उपमेयर) पदमा ३१ जनाको उम्मेदवारी परेको छ। यीमध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्। उपमेयरमा उम्मेदवारी दिनेमा १२ महिला छन्।

जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौंका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। प्रमुखका लागि १२५ र उपप्रमुखका लागि ५७ र वडाध्यक्षका लागि ३३४जनाको उम्मेदवारी परेको छ।

महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन्।

तपाईको प्रतिक्रिया