Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

युक्रेन – युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन्। “ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने।

देशका अन्य ठाउँहरूमा पनि यस्तैगरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ। रुसले युक्रेनमाथि गत फेब्रअरी २३ मा आक्रमण गर्न थालेको हो। आक्रमणका कारण हजारौँको मृत्यु भएको, हजारौँ घाइते भएको र लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ।

त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ । साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ। संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन्।

आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ। आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया