Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले निर्णायक गोल गरे ।

जितसँगै रियाल मड्रिडले सेमिफाइनलको यात्रा तय गर्दा चेल्सीको यात्रा भने टुंगिएको छ । मंगलबार राति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै स्पेनको भियारियाल पनि सेमिफाइनलमा पुगेको छ । बायर्न म्युनिखको मैदानमा भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको १–० को जितको मद्दतले भियारियाल समग्रमा २–१ को परिणाम निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

युएफा च्याम्पियन्स लिगमा आज बुधबार राति एथ्लेटिको मड्रिड र म्यान्चेस्टर सिटी तथा लिभरपुल र बेन्फिका भिड्नेछन् । पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले १–० को तथा लिभरपुलले ३–१ को अग्रता लिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया