सोमबार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

टोकियो – जापान सरकारले सीमा प्रतिबन्ध सहज गरेयता ३०ह हजार विदेशी विद्यार्थी जापान प्रवेश गरेका छन् । शिक्षा मन्त्री शिनसुके सुमात्सुले मंगलबार दिएकाे जानकारीअनुसार कोभिड-१९ का कारण जारी सीमा प्रतिबन्ध सहज बनाएयता ३० हजार विद्यार्थी जापान प्रवेश गरेका हुन् ।

सीमा प्रतिबन्धका कारण करिब १ लाख १० हजार विदेशी विद्यार्थी दुई वर्षसम्म जापान प्रवेश गर्न पाएका थिएनन् । अहिले भने जापानले व्यवसायी, विद्यार्थी र विदेशबाट फर्कने जापानी नागरिकलाई दैनिक १० हजारको सङ्ख्यामा प्रवेश अनुमति दिन थालेको छ । पर्यटकका लागि सीमा नाका अझै बन्द छ ।

वैदेशिक आगमनमा दैनिक मार्च १४ मा ५ हजारबाट ७ हजार र यही आइतबारबाट दैनिक १० हजार पुर्‍याइएको छ । सरकारले विदेशी विद्यार्थीलाई साताको उडानमा खाली सिट छुट्याएर प्राथमिकता दिएको छ ।

तपाईको प्रतिक्रिया