आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ । ओस्कार कार्यक्रममा कमेडियन क्रिस रकलाई थप्पड हानेको आरोपमा अभिनेता विल स्मिथलाई १० वर्षको लागि ओस्करमा जान प्रतिबन्ध लगाइएको छ ।

केही साता अघि आयोजित ओस्कार समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका स्मिथले समारोहमा आफ्नी श्रीमतीको मजाक उडाएको भन्दै कमेडियन क्रिसलाई स्टेजमै थप्पड हानेका थिए । एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेसका अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी ड्यान हडसनले एक विज्ञप्ति जारी गर्दै स्मिथमाथि अप्रिल ८, २०२२ देखि १० वर्षको प्रतिबन्ध लगाइएको उल्लेख गरेका छन् ।

एकेडेमीले स्मिथलाई कुनै पनि स्वरूपमा ओस्कार समारोहमा १० वर्षसम्म भाग लिन नसक्ने निर्णय गरेको छ । अभिनेता विल स्मिथले पनि एकेडेमीको निर्णय आफूले स्वीकार गर्ने बताएका छन् । यो घटनापछि विल स्मिथले क्रिस रकसँग माफी मागेका थिए भने अप्रिल १ मा एकेडेमीको सदस्यबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया