काठमाडौं – साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण पुस्तक ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले काठमाडौंमा गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नियात्राकार प्रतीक ढकालले साहित्यकार गिरीको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताए । गिरी हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको उनले बताए ।
संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकार गिरी नेपाली साहित्यका लागि उदाहरणीय व्यक्ति भएको उल्लेख गरे । साहित्यकार गिरीले लेखन आफ्ना लागि नशाजस्तै भएको बताए । बीएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।