आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेयता कलाकार दीपकराज गिरीका स्टाटस राजनीतिकेन्द्रित हुन थालेका छन् । यसै क्रममा पछिल्लोपटक उनले अहिले देशमा जारी पार्टी प्रवेशको लहरलाई व्यंग्य गरेका छन् ।

उनले आफ्नै परिवारलाई उदाहरण बनाएर पार्टी फेर्ने र फेराउने प्रवृत्तिविरुद्ध कटाक्ष गरेका छन् । ‘बाले कांग्रेस हुँ भन्नुहुन्थ्यो घरमा एक हुल नेता आएर एमाले बनाइदिएर गएछन्! सूर्यलाई भोट हाल्ने मेरी बूढी पँधेरोबाट आउँदा माओवादी प्रवेश गरिसकिछन्’, गिरीले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘छोरो अहिलेसम्म घर आ’को छैन, कांग्रेस बनेर आउला भन्ने डर भो, देशको हालत ।’

तपाईको प्रतिक्रिया