शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – बेलायतमामा कोभिड-१९ का ९ नयाँ लक्षणहरू थपिएका छन् । त्यहाँको हेल्थ सेक्युरेटी एजेन्सीले जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो ।

महामारी शुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो । यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ ।

यसअघि कोभिड सङ्क्रमणमा निम्न लक्षणहरू देखिने मानिएको थियो :-

ज्वरो
-नयाँ तारन्तार खोकी
-गन्ध वा स्वाद हराउने

महामारीको सुरुवातदेखि नै यी तीनलाई प्रमुख लक्षणहरू भनिएको थियो । विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाले केही समय यता थप लक्षणहरू सहितको सूची प्रयोग गर्ने गरेको छ । तर बेलायतमा भने कोभिडका कुन-कुन लक्षणहरूलाई प्रमुख मान्ने र त्यसका आधारमा निःशुल्क परीक्षण गर्ने भन्ने विषयमा मतभेद रहेको थियो ।

टाउको दुख्ने कोभिडको लक्षण हो तर टाउको मात्रै दुखेको भरमा कसैले पनि कोभिडको परीक्षण गर्न नचाहने अवस्था हुँदा यस्ता लक्षणलाई समावेश गर्ने कि नगर्ने भन्ने स्पष्ट थिएन । ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षण चाहिँ अधिकांश सङ्क्रमणमा देखिने वा कोरोनाभाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो ।

अब कोभिडका लक्षणमा यूकेमा निम्न नयाँ नौ लक्षण थपिएका छन् :-

-श्वासप्रश्वासमा असहजता
-थकान
-जीउ दुख्ने
-टाउको दुख्ने
-घाँटी दुख्ने
-सिँगान बग्ने वा नाक बन्द हुने
-भोक नलाग्ने
-पखाला
-बिरामी महसुस हुने

  • बीबीसी
तपाईको प्रतिक्रिया