मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – अभिनेत्री सुष्मा कार्की गायिकाको रुपमा पनि प्रस्तुत भएकी छिन् । गायिका सिने गुरुङको गीत ‘मन’ को कभर भसर्न उनले अहिले गाएकी हुन् ।

अभिनयको अलवा गायनमा समेत रुचि भएको बताउँदै आएकी उनले सिने गुरुङको गीत निकै मिहिनेतका साथ गाएको बताइन् । उनले गीत गाउँदै गरेको भिडियो समेत बनाइएको छ । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् । भिडियोमा सुष्माले शालीन भावमा गीत गाएको देख्न सकिन्छ ।

बेला बेलामा बिभिन्न कारणले चर्चा र विवादमा छाउने कार्कीको अभिनय र नृत्य समेत राम्रो मानिँदै आएको छ । ‘लुट’ फिल्मको आइटम नम्बरबाट दर्शकको मनमा डेरा जमाउन सफल उनी आफूलाई समाजसेवीको रुपमा समेत प्रस्तुत गर्दै आएकी छन् ।

आफ्नो मन भुलाउन बेलाबेलामा गति गाउदै आएको सुष्माले बताइन् । ‘म बेला बेलामा कभर भर्सन गाउदै आएकी छु । यो गीत पनि मैले मन भुलाउन गाएकी हुँ’ सुष्माले भनिन् ‘एक हिन्दी सहित अझै केही गीत ल्याउँदैछु ।’ रिल र रियल दुवैमा चुलबुले स्वभावकी सुष्माको गायनलाई धेरैले सरकारात्मक प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया