बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – सुजैन खानसँग सम्बन्धविच्छेद गरेपछि ऋतिक रोशनले जीवनको यात्रा अघि बढाएका छन्। यसपटक कलाकारको मुटु संगीतकारका लागि धड्किरहेको छ।

ऋतिक रोशन आफ्नी प्रेमिका सबा आजादसँग प्रायः सार्वजनिक स्थानमा देखिएका छन्। ऋतिक रोशनले सबा आजादसँग डेट गरिरहेका छन् भन्ने खबर पनि धेरैपटक आएको छ।

मंगलबार उनी साबासँग विमानस्थलमा देखापरे। ऋतिकले सबाको हात जोडले समातेका थिए। ​ऋतिक रोशन र सबा एयरपोर्टबाट निस्किनेबित्तिकै आफ्नो कारमा गए। ऋतिक र सबा यसअघि पनि धेरैपटक सँगै देखिएका छन्।

सामाजिक सञ्जालमा पनि यी दुईका गतिविधिले मानिसको ध्यान तानिरहेको छ। केही दिनअघि साबा ऋतिकको परिवारसँग पनि लन्च गरेको देखिएकी थिइन्।
यस्ता तस्बिर सार्वजनिक भएपछि प्रयोगकर्ताहरुले ऋतिक रोशनलाई ट्रोल गर्न थालेका छन्।

सबा आजादलाई देखेर एक प्रयोगकर्ताले लेखे, ‘सानी बच्ची हो क्या हो!’

अर्काले लेखेका छन्, ‘बच्चीलाई लिएर घुमिरहेको छ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बच्चीजस्तो लागिरहेको छ।’

एक प्रयोगकर्ताले अलि कडै लेखे, ‘मलाई त छोरीजस्तै लाग्यो।’

तपाईको प्रतिक्रिया