बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैं – एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ । जिल्ला अदालत नवलपुरमा आज शाहविरुद्धको मुद्दामा थुनछेक बहस हुने भएकाे हाे ।

उन मंगलबारै तनहुँ हिरासतबाट नवलपुर लगिएको थियो । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । मंगलबार नवलपुरका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको थियो ।

आज नवलपुरमा शुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्ने तयारी गरेका छन् । हिजो न्यायाधीश अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया