काठमाडाैं – त्रिकाेणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजकाे उपाधि घरेलु टाेली नेपालले जितेकाे छ । नेपालले साेमबारकाे फाइनलमा पपुवा न्युगिनी (पिएनजी)लाई ५० रनले पराजित गरेकाे हाे ।
सन्दीपकाे कप्तानीमा नेपालकाे याे पहिलाे अन्तर्राष्ट्रिय उपाधि हाे । १६९ रनकाे लक्ष्य पछ्याएकाे पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्याे । पिएनजीका लागि सेसे बाउले अर्धशतकीय पारी खेले पनि टाेलीलाई जित दिलाउन भने सकेनन् । ५९ रन बनाएका उनले ३८ बलमा ६ छक्का र एक चाैका प्रहार गरे ।
चार्ल्स अमिनीले १५ रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार, करण केसीले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएकाे थियाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनकाे अर्धशतकीय पारी खेले । ३८ बलकाे सामना गरेका उनले ५ चाैका प्रहार गरे ।
करण केसी ३३ रनमा अविजित रहँदा आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जाेडे । साताैं विकेटका लागि दीपेन्द्र र करणले अविजित ५४ रनकाे साझेदारी गरे । पिएनजीका सेमाे कामियाले तीन तथा चाड साेपर, कावुआ माेरेया र राइली हेकुरेले एक-एक विकेट हात पारे ।
मलेसिया समेत सम्मिलित सिरिजमा नेपाल समूह चरणमा शतप्रतिशत जित निकाल्दै फाइनल पुग्दा पिएनजीले चारमध्ये एक जित हात पार्दै फाइनलमा स्थान बनाएकाे थियाे ।