Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ८५ रनले पराजित गरेको छ । नेपालको सानदार जितसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । उपाधिको लागि सोमबार नेपाल र पीएनजी भिड्नेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । दीपेन्द्रले सैद अजिजलाई अन्तिम ओभरको चौथो बलमा स्टेटमा सानदार छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् ।

यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए । यसअघि टि२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो । योसँगै दीपेन्द्र नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडेका हुन् ।

ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ खेलेका थिए । मलेसिया र पीएनजी दुबैको २-२ अंक भएपछि नेटरनरेटमा माथि रहँदै पीएनजी फाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया