Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबलको आधिकारिक बल सार्वजनिक गरिएको छ । खेलकुदका सामग्री निर्माता कम्पनी एडिडासले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बनाएको १४औँ बल बुधबार सार्वजनिक गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एडिडासले २०२२ विश्वकपको लागि आफ्नो आधिकारिक म्याच बललाई ‘अल रिहला’ नाम दिएको छ । नोभेम्बरमा अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफीका लागि ३२ टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपको पछिल्लो संस्करण कतारमा आयोजना हुनेछ ।

कतारको अद्वितीय वास्तुकला, प्रतिष्ठित डुङ्गा र राष्ट्रिय झण्डाबाट प्रेरणा लिएर बललाई ‘अल रिहला’ नाम दिइएको छ । जसको अरबीमा अर्थ ‘यात्रा’ हुने गर्दछ । यो बल अघिल्ला विश्वकपको कुनै पनि बलको तुलनामा हावामा छिटो चल्ने र खेलको मैदानमा उच्च स्तरको सटिकता र विश्वसनीयता प्रदान गर्ने दाबी एडिडासले गरेको छ ।

एडिडासको फुटबल ग्राफिक्स र हार्डवियर विभागमा डिजाइन निर्देशक फ्रान्जिस्का लोफेलम्यानले बलको मुख्य विशेषताहरूको सारांश प्रस्तुत गरेकी छिन् । उनले भनेकी छन्- ‘खेल छिटो हुँदै गइरहेको छ, र यसको गति बढ्दै जाँदा, सटिकता र उडान स्थिरता गम्भीर रूपमा महत्त्वपूर्ण हुन्छ । नयाँ डिजाइनले बललाई हावामा उच्च गति कायम राख्न सक्छ ।’

अल रिहला बलमा २० प्यानलको प्रयोग गरिएको छ, जसले हावामा गति बढाउन मद्दत गर्छ भने खेलाडीहरूलाई उनीहरूको शटहरूको सटिकता पाउन मद्दत गर्ने बताइएको छ । अल रिहला विशुद्ध रूपमा पानीमा आधारित मसी र ग्लुबाट बनाइएको छ, जुन विश्वकप मोडेलको लागि पहिलो हो ।

सबै अल रिहला बल बिक्रीबाट आएको एक प्रतिशत रकम ‘कमन गोल मुभमेन्ट’ मा दान गरिनेछ । बल आधिकारिक रूपमा adidas.com र कम्पनीको खुद्रा स्टोरहरू मार्फत ३० मार्चदेखि नै खरिदको लागि उपलब्ध रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया