Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – पोर्चुगल विश्वकपमा छनोट भयो भने क्रिष्टियानो रोनाल्डाको लागि यो प्रतियोगिता सम्भवतः अन्तिम हुनेछ । र करियरको पाचौं विश्वकप पनि । तर पोर्चुगल अहिले छनोट प्रतियोगिताको प्लेअफबाट गुज्रिएको छ । र चार पटकको विश्व विजेता इटालीजस्तै पोर्चुगलको हालत हुने हो कि भन्ने चर्चा पनि छ । किनकि पोर्चुगलले इटालीलाई नै हराएको टिम नर्थ म्यासेडोनियाविरुद्ध आज राति खेल्दैछ ।

कप्तान रोनाल्डो भने इटालीको जस्तो पोर्चुगलको हालत नहुने विश्वास व्यक्त गर्छन् । ‘‘हामी आश्चर्यचकित भयौं,’’ रोनाल्डोले सोमबार स्पोर्ट्स टीभीसँग भनेका छन्, ‘‘नर्थ म्यासेडोनियाले धेरै खेलमा आश्चर्यजनक नतिजा निकालेको छ । तर उनीहरुले हामीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्न सक्दैन भन्नेमा म विश्वस्त छु । पोर्चुगलले राम्रो फुटबल खेल्नेछ र विश्वकपमा स्थान बनाउनेछ ।’’

पोर्चुगल लगातार छैटौंपटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ । र रोनाल्डो लगातार करियरको दशौं ठूलो प्रतियोगिता खेल्ने योजनामा छन् । उनले २००४ पछि चार विश्वकपमा र पाँच युरोपियन च्याम्पियनसिप खेलिसकेका छन् ।

‘‘जित्यौं भने विश्वकपमा छनोट हुनेछौं भन्ने हामीलाई थाहा छ । र हार्यौं भने विश्वकपबाट बाहिरिन्छौं,’’ रोनाल्डोले भने, ‘‘हाम्रो काँधमा खेल जितेर विश्वकपमा स्थान बनाउने जिम्मेवारी छ । त्यसका लागि सबैजना तयार छन् । र अबको खेलमा सक्दो राम्रो गर्न तयार छन् ।’’

लगातार खेलेको ९ ठुला प्रतियोगितामा कम्तिमा एक गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । कतारमा पोर्चुगल छनोट भएन भने अर्को विश्वकपमा रोनाल्डो ४१ वर्षका हुनेछन् । तर म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डो आफु विनाको विश्वकप हुनेबारे कुरा गर्न चाहदैनन् ।

‘‘पोर्चुगलविनाको विश्वकप हुँदैन,’’ रोनाल्डोले भने ।

रोनाल्डोले आफ्नो सन्यासबारे थुप्रै प्रश्न सोधिएको बताए । तर उनले आफ्नो भविष्यको निर्णय गर्ने अधिकार आफुसँगमात्र रहेको बताए ।

‘‘जबसम्म मलाई खेल्न सक्छुजस्तो लाग्छ तबसम्म म खेल्नेछु,’’ रोनाल्डोले भने, ‘‘जब खेल्न सक्दिँन जस्तो लाग्छ तब खेल्दिँन ।’’

पोर्चुगलले बिहीबार टर्कीलाई ३–१ ले हराउँदै नर्थ म्यासेडोनियासँगको भेट पक्का गरेको हो । नर्थ म्यासेडोनियाले इटालीलाई १–० ले स्तब्ध बनाएको थियो । पोर्चुगलले युरोपियन छनोट समूह ‘ए’को अन्तिम खेलमा सर्वियाविरुद्ध अन्तिम समयमा गोल खाएपछि प्लेअपबाट गुज्रिनु परेको हो ।

तत्कालिन युगोस्लाभियाबाट १९९१ मा छुट्टिएको नर्थ म्यासेडोनिया भने पहिलो पटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ । नर्थ म्यासेडोनियाले गत वर्ष पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलेको थियो ।

‘‘हामीले विश्वकपमा लागि आधा बाटो हिडिसकेका छौं । तर अझै ९० मिनेट खेल्न बाँकी छ । र हामी विश्वकपमा पुग्नेछौं,’’ नर्थ म्यासेडोनियाका मिडफिल्डर टिमोमिर कोस्टाडिनोभले भने, ‘‘हामी आफ्नोतर्फबाट शतप्रतिसत दिन तयार छौं । र पालेर्मोमा इटालीविरुद्धको जस्तै प्रदर्शन दोहर्याउन चाहन्छौं ।’’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया