शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – राम्रो कमाइका लागि ‘कुक भिसा’ मा जापान पुगेका नेपालीको रोजगारी र बसाइमा संघर्षको पाटो कारुणिक जापानमा कार्यरत नेपाली कुकहरूको संघर्षको कथा समेटिएको पुस्तक ‘चिज नान’ प्रकाशित भएको छ ।

जापानको इन्टरनेसनल युनिभर्सिटी अफ हेल्थ एन्ड वेयलफेयरबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवाली लिखित पुस्तक शनिबार काठमाडौंमा विमोचन गरिएकाे हाे । यसअघि यो पुस्तक जापानको सोफिया विश्वविद्यालयको प्रेसबाट जापनिज भाषामा प्रकाशित भएको थियो ।

पेसाले मनोविज्ञ ज्ञवालीले यो पुस्तकमा जापानमा रहेको झन्डै एक लाख नेपालीमध्ये कुक भिसामा पुगेका १२ हजार ४ सयभन्दा धेरै कुकको संघर्ष र उनीहरूको भोगाइमाथि गरिएको अनुसन्धानलाई नन फिक्सन शैलीमा प्रस्तुत गरेका छन् । ज्ञवालीले जापानमा कुक भिसामा जानेहरूलाई परिवारसहित बस्न दिने प्रणालीको फाइदा र बेफाइदा दुवैलाई केलाएका छन् ।

चार महिनाका सन्तान छाडेका महिला पनि जापानमा काम गर्न आएको कथादेखि लगातारको काम र भनेजस्तो कमाइ नभएपछि मानसिक समस्यामा फसेका तर पर्याप्त मनोपरामर्श र उपचार नपाएकाको दु:ख पनि उनले उधिनेका छन् ।

तपाईको प्रतिक्रिया