मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडाैं – किएभ आज चराहरूको चिरबिर सुनिने गरी सुनसान छ । तर सहरको उत्तर पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै छ ।

रुसी फौज उक्त क्षेत्रबाट किएभको भित्री क्षेत्रतर्फ अघि बढ्न खोजिरहेको आकलन गरिएको छ । बिहानै सिभचेन्को जिल्लाको १२ तल्ले आवासीय घरमा रुसी हमला भएको थियो ।

मंगलबार बिहान सहरमा गुड्दा सिधा क्षेप्यास्त्र प्रहारबाट वा आकाशमा क्षेप्यास्त्र नष्ट गरिँदा सहरमा क्षति पुगेको देखिएको बीबीसीले उल्लेख गरेको छ । मेट्रो स्टेसनमा बम हानिएको, अग्ला घरहरूको अग्र भाग विस्फोटमा परेको र झ्यालहरू धुजाधुजा भएको देखिन्छ ।

आगामी दुई दिन अझै भीषण लडाइँ हुने अनुमान गरिएको छ र मानिसहरू प्रतिरक्षाका लागि जम्मा भएर बसेका छन् । अझैसम्म थोरै युक्रेनी सहरहरू मात्रै रुसी नियन्त्रणमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया