बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानस्थित नेपाली राजदूतावासले ई-पासपोर्टको प्रि-इनरोलमेन्टमा देखिएको समस्याबारे छलफल गर्न भर्चुअल अन्तर्क्रिया गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै यही फागुन २२ गते आइतबार भर्चुअल अन्तर्क्रिया गर्ने भएको हो ।

सो अन्तर्क्रियामा राहदानी विभागका ई-पासपोर्ट विज्ञले प्रि-इनरोलमेन्टमा देखिने समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे जानकारी गराउने दूतावासले जनाएको छ । ‘ई-पासपोर्ट विज्ञबाट प्रि-इनरोलमेन्ट र लाइभ इनरोलमेन्ट सम्बन्धी प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ,’ सूचनामा भनिएको छ, ‘राजदूतावासको तर्फबाट ई-पासपोर्टका सम्बन्धमा प्रक्रियागत समस्या एवं समाधानका बारेमा समेत जानकारी गराइने छ ।’

दूतावासले जापानमा रहेका नेपालीहरूमा उक्त कार्यक्रममा सहभागी बनाउनका लागि सहयोग गर्नुहुन आग्रह गरेको छ ।

Join from the meeting link
https://mofanp.webex.com/mofanp/j.php?MTID=mc5efde60ee88c71791f9379f704a58a0

Join by meeting number
Meeting number (access code): 2515 572 0471
Meeting password: XcPGH3qmZ33 मा गएर भर्चुअल अन्तर्क्रियामा सहभागी हुन सकिनेछ ।

तपाईको प्रतिक्रिया