बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – रुसी आक्रमणविरुद्ध विदेशी सहयोगीका लागि अपिल गर्दै आएको युक्रेनका लागि ७० जापानी स्वयंसेवकहरूले लड्ने भएका छन् । त्यसमध्ये ५० जना पूर्व जापानी आत्मरक्षा फोर्सका सेना रहेका छन् । दुई जना भेटेरान आर्मी भएको बताइएको छ ।

यसअघि, युक्रेनियन राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिका र क्यानडाबाट पनि अन्तर्राष्ट्रिय सेनाको समूह बनाएर लडाइँमा आफूहरूलाई सघाउन अपिल गरेका थिए ।

युक्रेनियन दूतावासका प्रवक्ताले यो विषय पुष्टि गर्दै धेरै मानिसले युक्रेनका लागि लड्ने चाहना व्यक्त गरिरहेको बताएकाे रोयटर्सले उल्लेख गरेको छ । तर, यसमा सहभागी हुन जापानी आत्मरक्षा फोर्सको अनुभव हुनुपर्ने वा विशेष सैन्य प्रशिक्षण प्राप्त गरेको हुनुपर्ने पनि बताइएको छ ।

बुधबारको ट्वीटर पोस्टमा जापानमा अवस्थित युक्रेनी दूतावासले मेडिकल, आईटी, सञ्चार वा फायर फाइटिङ जस्ता क्षेत्रमा अनुभव भएका स्वयंसेवकहरूको खोजी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया