बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – अमेरिकी सरकारले जासुसी गरेको आरोपमा १२ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको हो ।

राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ । एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो ।

राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया