बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडाैं – युक्रेनको सहायक रक्षामन्त्रीले अहिलेसम्म युक्रेनी सेनाले रुसी सेनालाई पुर्‍याएको क्षति दाबी गर्दै एउटा आँकडा सार्वजनिक गरेकी छन् ।

किएभकी हाना माल्एरले फेसबुक पोस्टमा यो पहिलो तीन दिनको अनुमानित तथ्याङ्क भएको र फेरबदल हुनसक्ने बताएकी छन् । यो आँकडा पुष्टि गरेको छैन र रुसले अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन ।

माल्एरले गरेको दाबीमा रुसको निम्न क्षति भएको छ :-

४,३०० मृत्यु
२७ विमान
२६ हेलिकप्टर
१४६ ट्याङ्क
७०६ सशस्त्र सवारीसाधन
४९ तोप
१ हवाई रक्षा प्रणाली
४ रकेट प्रहार प्रणाली
३० सवारीसाधन
६० ट्याङ्कर
२ ड्रोन
२ डुङ्गा

तपाईको प्रतिक्रिया