बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया जनाएका छन् ।

उनले भने, ‘त्यो भूभागबाट हामीमाथी आक्रमणनगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो‘ अरू सहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ ।’ ‘हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ, हामी युद्धको समाप्ति चाहन्छौँ । वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु – हामीले यी सहर रुसीहरूलाई प्रस्ताव गरेका छौँ ।’

उनले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा वार्ता हुनसक्ने बताए । ‘हामीमाथि क्षेप्यास्त्र प्रहार नभएको अन्य जुनसुकै क्षेत्रको सहर भए पनि हुन्छ । यो मात्रै इमानदारितापूर्वक वार्ता गर्ने र युद्ध साँच्चिकै अन्त्य गर्ने बाटो हो ।’

तपाईको प्रतिक्रिया