बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – फ्रान्सले युक्रेनलाई हतियार उपलब्ध गराउने भएको छ । रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई हतियार र अन्य सामाग्री पठाइरहेको हो ।

राष्ट्रपति जेलेन्स्कीले आफूले फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग शनिवार बिहान कुराकानी गरेको उल्लेख गर्दै ुकूटनीतिक मोर्चामा नयाँ दिनको आरम्भ’ भएको बताए । ‘युद्धविरोधी गठबन्धनले काम गरिरहेको छ,’ जेलेन्स्कीले ट्वीट गरेका छन् ।

शनिवार माक्रोँले एउटा भिडिओ ट्वीट गर्दै ‘युद्ध जारी रहन्छ र हामीले त्यसका लागि तयारी गर्नुपर्छ’ भनेका थिए ।

तपाईको प्रतिक्रिया