बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानले विदेशी नागरिकको प्रवेश अनुमतिका लागि अनलाइन आवेदन लिन थालेको छ । मार्चदेखि पर्यटक बाहेक विदेशी विद्यार्थी, व्यवसायीका लागि प्रवेश सहज बनाउने निर्णय गरेको जापानले प्रवेश अनुमतिका लागि अनलाइन आवेदन पनि लिन थालेको हो ।

शुक्रबारदेखि विश्वविद्यालय र कम्पनीहरूमार्फत अनलाइन आवेदन लिन शुरु गरिएको द् जापान टाइम्सले उल्लेख गरेको छ । यसका लागि नवप्रवेशीहरुको स्वास्थ्य जानकारी सम्बन्धित व्यक्तिको प्रायोजकले स्वास्थ्य मन्त्रालय मातहतको निरीक्षण प्रणाली प्रवेशी, फिर्ता भएकाहरूको फलो-अप प्रणाली (ईआरएफएस)मार्फत सार्वजनिक गर्नुपर्नेछ ।

आवेदन स्वीकार भएका आवेदकहरूलाई यसबारे सूचना प्रायोजकमार्फत पठाइनेछ । सूचना पाएपछि भिसा आवेदकहरूले आफ्नो देशस्थित जापानी दूतावास वा वाणिज्य दूतावासमा भिसाका लागि आवेदन दिन सक्नेछन् । भिसा पाएका विदेशीहरूले जापान यात्रा गर्न सक्नेछन् तर उनीहरूले संशोधित क्वारेनटिन नियमहरूको पालना गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया