Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेशमा कडाइ गरिने भएको छ । अब हवाइ यात्राको लागि प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने टर्मिनलभित्र प्रवेश पाइने छैन । सोमबार त्रिभुवन विमानस्थल प्रशासन, सुरक्षा निकाय तथा विमान कम्पनीबीच भएको बैठकले एसएमएसमा प्राप्त हुने टिकटको पीएनआर नम्बरका आधार टर्मिनल प्रवेश नदिने निर्णय गरेको उनले बताए ।

काठमाडौं बाहिरका विमानस्थलमा भने यो नियम लागू गरिएको छैन । ‘प्रिन्टेड वा प्रिन्टेडमा हुने सबै विवरण भएको डिजिटल टिकट भए प्रवेशमा समस्या हुँदैन,’ उनले भने, ‘पीएनआर नम्बर मात्रैको आधारमा भने अब प्रवेश गर्न पाइँदैन । विभिन्न डिजिटल वालेट वा मोबाइल बैंकिङबाट टिकट खरिद गरेको भए त्यसको पीडीएफ चाहियो ।’

तपाईको प्रतिक्रिया