बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – जापानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । शुक्रबार १५० जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २० हजार नाघेको हो ।

मृतकको संख्या १० हजार नाघेको करिब १० महिनामा अर्को १० हजार थपिएका छन् । जापानमा कोभिडका कारण पहिलो मृत्यु सन् २०२० को फेब्रुअरीमा भएको थियो । त्यसको एक वर्ष २ महिनामा १० हजारको मृत्यु भयो । गएको नोभेम्बरमा कोरोना भाइरसको सङ्क्रमणको पाँचौँ लहर मत्थर भएपछि देशभर मर्नेको संख्या धेरैजसो दिनमा एकल अंकमा थियो ।

वर्षको शुरुमै पनि कोभिडका कारण मर्नेको दैनिक संख्या १० भन्दा तल थियो । देशभरमा कोरोना भाइरसको सङ्क्रामक प्रकार ओमिक्रोन भ्यारिएन्ट फैलिएर सङ्क्रमणको छैटौँ लहर शुरु भएपछि जनवरी १४ मा पहिलो पटक यो संख्या १० माथि उक्लियो ।

पछिल्लो समय जापानमा दैनिक सङ्क्रमण उत्कर्षमा पुगेको छ भने कोभिडका गम्भीर बिरामीहरू पनि बढेका छन् । यस्तोमा दैनिक मर्नेको संख्या पनि उच्च स्तरमै छ। फेब्रअरी ४ मा कोभिडका कारण ज्यान गुमाउनेको संख्या सय नाघेको थियो । त्यसयता दिनहुँ यो संख्या सय माथि नै छ ।

तपाईको प्रतिक्रिया