शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानको मेई प्रिफेक्चरको इसे शहरमा प्रहरीले एक ४७ वर्षीय पुरुषलाई पक्राउ गरेका छन् । अनाथालयबाट ५६ लाख येन चोरेको आशङ्कामा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेका हुन् ।

इबुरी उक्त अनाथालयका पूर्व कोषाध्यक्ष थिए । उनले त्यहाँको आर्थिक कारोबार हेर्थे । आफूमाथि लागेको अभियोग ती व्यक्तिले स्वीकार गरेका छन् । सारा पैसा आफूले जीवनयापन र घोडदौडमा बाजी थाप्न खर्च गरेको पनि उनले बताए । सन्दिग्ध हाल नारा प्रिफेक्चरको तेनरीमा बस्दै आएका छन् ।

उनले अनाथालयको बैङ्क खाताबाट सन् २०२० को अगस्टदेखि नोभेम्बरको बिचमा सो रकम झिकेका थिए । यो इबुरीले सो अनाथालयमा सन् २०१५ देखि काम गर्न थालेको प्रहरीले बताएको छ ।

तर आन्तरिक लेखा परीक्षणका क्रममा अनाथालयमा अनियमितता भएको खुलासा भएपछि गत वर्षको फेब्रुअरीमा उनले काम छाडेका थिए । हाल उनी बेरोजगार थिए ।

तपाईको प्रतिक्रिया