आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टाेकियाे – हराइरहेको जापानी एफ १५ फाइटर जेट दुर्घटनामा परेको हुनसक्ने आशंका जापानको रक्षा मन्त्रालयले लगाएको छ । यस विमानमा रहेका दुई सदस्यहरू अहिलेसम्म बेपत्ता छन् ।

रक्षामन्त्री नोबुओ किशीले सावधानीपूर्वक विमानको खोजी गर्न निर्देशन दिएका छन् । प्रशिक्षणको समय सागरमाथि उड्दा-उड्दै अचानक यो विमान गायब भएको थियो। त्यसयता, जापानका अधिकारीहरू सक्रिय रूपमा विमानको खोजीमा लागेका छन् ।

मध्य जापानी प्रान्त इशिकावाको कोमात्सु एयरबेसबाट उडान भरेपछि रडारबाट यस विमानको सम्पर्क टुटेको थियो । स्थानीय समयअनुसार साेमबार विमानले उडान भरेको थियो ।

तपाईको प्रतिक्रिया