बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडाैं – आर्थिक वर्ष २०२२/२३ को लागि भारतले ३९४ खर्ब ५० अर्ब भारु बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसदमा उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

उनले चौथोपटक भारतको बजेट सार्वजनिक गरेकी हुन् । उनले भारत सरकार विकास र गरीबको हितको लागि प्रतिबद्ध रहेको बताएकी छिन् । साथै अहिलेको सरकार विकासको मार्गमा बघि बढिरहेको बताएकी छिन् । यो अर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर ९.२ प्रतिशतको रहने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा ६० लाख युवालाई रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो । यस्तै, आगामी एक वर्षमा भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सीतारमणले घोषणा गरेकी छिन् ।

यसका साथै, आगामी तीन वर्षमा १०० वटा व्यवसायिक रेल कार्गो सञ्चालनमा ल्याउने तथा अर्गानिक खेतीलाई बढावा दिँदै तेलहनको आयात प्रतिस्थापन गर्न सरकारले ध्यान दिने उनको घोषणा छ । कोभिडविरुद्धको खोप अभियान तीव्रगतिमा अगाडि बढिरहेकाले अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भारत सरकारले लिएको छ ।

तपाईको प्रतिक्रिया