बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – लागु औषध कारोबारमा प्रकाउ परेका र्‍यापर आशिष राना (लाहुरे)लाई अनुसन्धानका लागि ११ दिन म्याद थप गरिएको छ। कास्की जिल्ला अदालतले म्याद थपेर अनुसन्धानका लागि अनुमति दिएको हो। लाहुरे सहित ४ जनामाथि थप अनुसन्धान गर्न म्याद थप भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

यसअघि अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिन अनुसन्धानका लागि समय दिएको थियो।

प्रहरीले पुस १४ गते राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया