बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं । -अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी विरोध प्रदर्शन जारी छ ।
राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्।

उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू “निन्दनीयभन्दा पनि माथि” भएको बताइन्।

ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन्।

यो विरोध प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

खासगरी एक जना सैनिकको चिहानमाथि एक महिला नाच्दै गरेको भिडिओ सार्वजनिक भएपछि त्यसको आलोचना भएको छ । यसैगरी सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले धम्की दिएको र सित्तैमा खानेकुरा माग्दै रेष्टुरेन्टका कर्मचारीहरुलाई दुर्व्यवहार गरिएको समाचार पनि सार्वजनिक भएका छन् ।

ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्।

तपाईको प्रतिक्रिया