Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा नेपालबाट ५२ करोड ६६ लाख रुपैयाँ बराबरको सुनचाँदी गहना निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस महिनाको तथ्याङ्कअनुसार उक्त मूल्य बराबरको सुनचाँदी गहना निर्यात भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस अवधिमा ३४ करोड ४९ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागले ४० हजार ३२८ ग्राम सुनका गहना निर्यात भएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा ७४ लाख ७० हजार ग्राम बराबरको १८ करोड १७ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको विभागले जानकारी दिएको छ ।

नेपालबाट अष्ट्रेलिया, हङकङ र अमेरिकामा सुनबाट बनेका गहना निर्यात हुने गरेको छ । चालू वर्षको ६ महिनामा अमेरिकामा सबैभन्दा बढी २९ करोड ४७ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । यस्तै, हङकङमा ४ करोड ३२ लाख रुपैयाँको र अष्ट्रेलियामा ७० लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।

यस्तै चाँदीबाट बनेका गहना अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, क्यानडा, इजरायल, रोमानिया, पोर्चुगल, सिंगापुर, ताइवान र स्वीजरल्याण्ड लगायतका देशमा निर्यात हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया