Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परीक्षण (क्वालिब्रेसन फ्लाइट) का लागि एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)को टोली माघ १० गते नेपाल आउने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार एरोथाईको टोली क्क्यालिब्रेसन फ्लाइटको स्थलगत अध्ययनका लागि माघ १० गते नेपाल आउने बताए । टोलीले अर्काे दिनबाट नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा अध्ययन गर्नेछ । टोलीको अध्यनका आधारमा क्यालीब्रेसन फ्लाइट गरिने ठाकुरले बताए ।

टोलीको अध्यननले अनुमति दिए माघ २७ गते क्यालिब्रेसन फ्लाइट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । ‘एरोथाईको टोली माघ १० मा नेपाल आउँदै छ । उसले अध्ययन गरेपछि क्यालिब्रेशन उडान गर्न सुझाव दिन्छ । त्यससपछि हामी उहान गर्नेछौँ,’ प्राधिकरणका नि. महानिर्देशक ठाकुरले भने, ‘यदि टोलीले अनुमति प्रदान गरे माघ २७ मा क्वालिब्रेसन फ्लाइट गर्ने योजनामा छौँ ।’

मंसिर महिनामा क्यालिब्रेशन उडान गर्ने भनिए पनि भिजिबिलिटी कम र कोरोना संक्रमणको जोखिम बढेकाले टोली नेपाल आएको थिएन । क्यालिब्रेसन उडान गर्न धेरै ढिलो भइसकेकाले अब भने मिति नसारिने ठाकुर बताउन्छन् ।

क्यालिब्रेशन फ्लाइटपछि के हुन्छ ?
क्यालिब्रेशन फ्लाइटपछि सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान-उपकरणहरुले काम गरे-नगरेको पत्ता लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनमथ ठाकुरले बताए । कम्युनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान/अवतरणको बाटो खुल्नेछ ।

त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने प्रावधान छ । ठाकुरका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यावसायिक उडानका लागि योग्य बन्नेछ । त्यसपछि प्राधिकरण आफैले परीक्षण उडान गरी अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।

तपाईको प्रतिक्रिया