Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नेपाल आयल निगमले तेल किन्दा ऋण लिनुपर्ने अवस्था आएको बताएको छ । आफ्नो सञ्चित मुनाफा रित्तिएकाले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको निगमको भनाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसकेको निगमले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था यसै महिनादेखि आएको निगमले खुलासा गरेको छ ।

‘सञ्चित मुनाफा शून्यमा पुगेका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आइओसीको दुई अर्ब तिर्न ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको विज्ञप्तिमा उल्लेख छ । यस्तै, भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि अबको एक महिनामा निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको भनाइ छ । हाल आफूलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।

तपाईको प्रतिक्रिया