मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी रकेट हमला भएको छ ।

इराकी सेनाका अनुसार हमला बिहीबार राति भएको थियो । रकेट स्कुलमा खसेको थियो । रकेट हमलामा परी एक बच्चा र एक महिला घाइते भएको सेनाले जनाएको छ ।

सैन्य अधिकारीले न्युज एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार दुतावासलाई लक्षित गरी तीनवटा रकेट हमला गरिएको थियो । जसमध्ये दुई रकेटलाई रकेट रक्षा प्रणालीले निष्क्रिय पारेको थियो ।

यस महिनामा दूतावासलाई लक्षित गरी धेरै हमला भएको छ । यसको पछाडि ईरान-गठबन्धन मिलिशिया समूह रहेको अमेरिकाको आरोप छ ।

मिलिशियाले पछिल्लो वर्ष पनि यसै गरी दर्जनौं हमला गरेको थियो ।

तपाईको प्रतिक्रिया